नमस्कार! म अभिनन्दन बस्नेत। मलाई घुम्न भने असाध्यै मन पर्छ । म आज हजुरहरुलाई म पहिलो पटक कालिकोट जाँदै गर्दाको यात्राको अनुभव सुनाउछु। यो घटना कहिलेको भन्नुहुन्छ भने २०७७ साल साउन १२ गते तिरको हो। केही पत्रकार साथी, दाइहरु सुर्खेत मेरो घरमा आउनु भएको थियो। मेमोरी किङ बिजय शाहिको निकै चर्चा थियो। बिजय शाही भाइरल हुनुहुन्थ्यो त्यो समयमा हामी कालिकोट मेमोरी किङको गाउँ गेला जाने पलान गरौं। र भोलि बिहानै ६ बजे हामी सुर्खेतबाट यात्रा गर्न थाल्यौ। हाम्रो यात्रा बाइकमा थियो। मोज्जाले कालिकोट पुगिएला भनेर हाम्रो यात्रा चलिरयो। बड्डिचोर भन्ने ठाउमा हामिले नास्ता गर्यौ। चारजाना हामी संगै गएका थियौ। म संग पत्रकार सन्तोष हुनुहुन्थ्यो बाइकमा भने अर्को बाइकमा अन्य दुईवटा दाईहरु। बिस्तारै बिस्तारै हामी अगाडी बढ्न थाल्यौ। बाटो खुल्ला थियो किनकी त्यो समयमा लकडाउन नै थियो। बाटो निकै आफ्ठारो आउन थाल्यो। बर्खाको समय बाटो पनि हिलै हिलो , मन भरी डर थियो। डर के को भन्नुहुन्छ भने पहिरो र खतरापूर्ण भिरको। बाइक त उफ्रिन खोज्थ्यो त्यो बाटोमा। जसरी जसरी हामी दैलेख जिल्ला सम्म पुग्यौ र हामी केही समयमा कालिकोटको सिमानामा पुग्यौ। कालिकोटको सदरमुकाम मान्म आउन २ घन्टा लाग्छ भन्ने सुनेको थियौ। बाटोमा साना साना खोला धेरै आएको थिए हामिले सहजै पार गरेको थियौ तर एउटा ठूलो घट्टे खोला आयो। सुरु सुरुमा त त्यो खोला तर्न सकिन्न कि जस्तो लाग्थ्यो दाईहरुले खोला तरेपछी, मैले नि ह्या जे होला होला भनेर खोलामा बाइक लग्न खोजे तर बाइक बिचैमा पुगेको बेला रोकियो। खोला ठुलै थियो धन्न खोलाले हामिलाई बगाएर छेउसम्म पुर्याएको थियो। केही मान्छेहरु आएर बाइक र हामि २ जनालाई बचाए।
खोला ठुलै थियो धन्न खोलाले हामिलाई बगाएर छेउसम्म पुर्याएको थियो। केही मान्छेहरु आएर बाइक र हामि २ जनालाई बचाए।
बग्न बाट बचेपछि
एकैछिन त सात्तो नै गयो। बाइक स्टार्ट पनि भएन बिच बाटोमा बाइक बिगृन पुग्यो । त्यसपछि हामी सकि नसकी बाइकलाई डोराएर एउटा होटेल सम्म पुर्यायौ। त्यहाँ थकाई मेटियो र होटेलको साउजिले बाइक बनाउने मान्छे बोलाइदियो। ३ घन्टा सम्म हामी पर्खे पछि बाइक बन्यो। साइलेन्सरमा पानी पसेको रहेछ। मोबिल फेरिदियो। हामिले त्यति खर्च बोकेको नि थिएनौं बाइक बनाएको ३५ सय लग्यो । सुर्खेत भएको भए १२०० मा बन्ने काम त्यहाँ ३५ सयमा भयो। फेरि यात्रा गर्न थाल्यौ साझको ५ बजेको थियो अगाडि दाईहरु हुनुहुन्थ्यो। हामी पछाडि पछाडी हिडेको थियौ। बाटोमा फेरि आफै बाइक बिग्रीयो , बेटरी सकियो, एकातिर पहिरो आउँछ कि भन्दै बाइकलाई धकलेर अघि बढ्न थाल्यौ। रातिको ९ बज्न लागेको थियो । आध्यारो थियो बाइक चलेको थिएन। हामिलाई समस्या भयो। कसरी पुग्ने होला मान्मा भन्नेमा भयौ। पसल आयो त्यहाँ चाउचाउ किनेर खाइम बाइक बनाउनेलाई बोलाउन लगायौ। एकैछिनमा बनाइदियो र मान्मामा पुग्यौ। बिहान फेरि बाइक स्टार्ट नै भएन बनाउन गयौ पसलमा रु१ हजार फेरि खर्च भयो। बाइक जति बनाए पनि बन्ने भएन कसरी जाने होला त सुर्खेत भन्ने सोचमा थिए म चाही।
त्यो दिन हामी ९:३० मा मान्मा पुगेको थियौ यात्रा निकै कष्टकर र अबिस्मरणिय भयो।