बैतडीः “एक युवा एक बिरुवा कार्यक्रम सुरु ”

 


साउन २७ गते / बैतडी,  

बैतडीमा अन्तराष्ट्रिय युवा दिवसको पुर्वसन्ध्यामा आज देखि एक युवा एक बिरुवा कार्यक्रम सुरु भएको छ । भोली पर्न गएको अन्तराष्ट्रिय युवा दिवसको पुर्वसन्ध्यामा आज जिल्लाको पाटन नगरपालिका वडा नं ८ स्थित राधाकृष्ण मन्दीर, दशरथचन्द नगरपालिका वडा नं २ को देहिमाण्डौ मन्दीर परिसर, सिगास गाउपालिका स्थित अर्जुन माबी गाजरीको बिद्यालय प्रङ्गण परिसर, पाटन ९ स्थित ज्ञानेश्वर माबी परिसर लगायत एक दर्ज सार्बनजिक स्थलमा बृक्षारोपण गरिएको हो।

नया युवा नया सोच नेपाल बैतडी इकाइको आयोजनामा “विश्व अभियानका लागि युवा सहभागिता, रोजगारी प्रबद्र्धन र बातावरण संरक्षणमा युवा संलग्नता” भन्ने नाराका साथ बृक्षारोपण (एक युवा एक बिरुवा रोपण) कार्यक्रम सुरु भएको हो । यो कार्यक्रम आज र भोली सञ्चालन हुने जनाइएको थियो । सेहि अनुसार भोली पनिभिन्न सार्बजनिकस्थानहरुमा बृक्षरोपण कार्यक्रम रहेको बताइएको छ । यस्तै राष्ट्रिय युवा परिषद्, नेपाल युवा संजाल, सिर्जनशिल समाज नेपाल,टिम नेपो बैतडी, पाटन स्टार युवा क्लब, सरोकार समाज नेपाल, योगदान राष्ट्रको लागी बैतडीको र अन्य युवा क्लब /समुहहरुको सहकार्यमा उक्त कार्यक्रम सुरु हुन गइरहेको नया युवा नया सोच नेपाल बैतडी इकाइका संयोजक खेमराज अवस्थीले जानकारी दिनुभयो ।

जिल्लाको पाटन,दशरथचन्द, मेलौली नगरपालिका, सिगास र सुर्नया गाउपालिका, उक्त कार्यक्रम सुरु हुने भएको हो । सम्बन्धित पालिकाको सार्वजनिक ठाउँ मठमन्दिर, बिद्यालय, स्वास्थ सस्था, प्रहरी चौकी, नगरपालिकाको कार्यलय परिसर लगायतका ठाउहरुमा बृक्षारोपण कार्यक्रम गरिने तयारी भएको छ । उक्त कार्यक्रमले बातवरण संरक्षणमा टेवा पु¥याउने बिश्वास गरिएको छ ।

News Written By Abhinandan Basnet

Share this:

0 comments:

Post a Comment