गौतम बुद्धको सिद्धान्तहरु,जीवनमा लागू गर्नैपर्ने बुद्धको सिद्धान्तहरु
![]() |
गौतम बुद्ध |
गौतम बुद्धको सिद्धान्तहरु
१. मुक्त समाजको लागि धर्म आवश्यक छ ।
२. प्रत्येक धर्म अंगीकार गर्न योग्य हुँदैन ।
३. धर्मको सम्बंन्ध जीवनको तथ्यहरु र वास्तविकताहरु सित हुनुपर्छ, ईश्वर या परमात्मा या स्वर्ग या पृथ्वी को सम्बंन्मा सिद्धांतहरु तथा अनुमान मात्र निराधार कल्पना सित हुनुहुँदैन ।
४. ईश्वलाई धर्मको केंद्र बनाउनु अनुचित छ ।
५. आत्माको मुक्ति या मोक्षलाई धर्मको केंद्र बनाउनु अनुचित छ
६. पशुबलिलाई धर्मको केंद्र बनाउनु अनुचित छ ।
७. वास्तविक धर्मको वास मनुष्यको हृदयमा हुन्छ, शास्त्रहरुमा छैन ।
८. धर्मको केंद्र मनुष्य तथा नैतिकता हुनुपर्छ। यदि होईन भने धर्म एक क्रूर अंधविश्वास हो ।
९. नैतिकताको लागि जीवनको आदर्श हुनु नै पर्याप्त होईन । यद्यपि ईश्वर छैन, अतः यसलाई जीवनको नियम या कानून हुनुपर्छ ।
१०. धर्मको कार्य विश्वको पुनर्निर्माण गर्नु तथा त्यसलाई प्रसन्न राख्नु छ, त्यस्को उत्पत्ति या त्यस्को अन्तको व्याख्या गर्नुछैन ।
११. कि संसारमा दुःख स्वार्थहरुको टकरावको कारण हुन्छ र यस्को समाधानको एकमात्र तरिका अष्टांग मार्गको अनुसरण गर्नु हो।
१२. कि संपत्तिको निजी स्वामित्व सित अधिकार र शक्ति एक वर्गको हातमा आउँछ र अर्को वर्गलाई दुःख हुन्छ ।
१३. कि समाजको हितको लागि यो आवश्यक छ कि यस दुःखको निदान यस्को कारणको निरोध गरेर गर्ने।
१४. सबै मानव प्राणी समान हो ।
१५. मान्छेको मापदण्ड उस्को गुणले हुन्छ, जन्म होईन।
१६. जुन चीज महत्त्वपूर्ण छ, त्यो हो उच्च आदर्श, न कि उच्च कुलमा जन्म।
१७. सबै प्रति मैत्रीको सहचर्या त्यो भातृत्वको कहिल्यैपनि परित्याग गर्नुहुँदैन ।
१८. प्रत्येक व्यक्तिलाई विद्या प्राप्त गर्ने अधिकार छ । मान्छेलाई जीवित रहनको लागि ज्ञान विद्याको त्यति नै आवश्यकता छ, जति भोजनको ।
१९. असल आचारणविहीन ज्ञान खतरनाक हुन्छ ।
२०. कुनै पनि चीज भ्रमातीत र अचूक हुँदैन । कुनै पनि चीज सँधै बाध्यकारी हुँदैन । प्रत्येक वस्तु छानबीन तथा परीक्षाको अध्यधीन हुन्छ ।
२१. कुनै वस्तु सुनिश्चित तथा अन्तिम हुँदैन ।
२२. प्रत्येक वस्तु कारण-कार्य सम्बंन्धको नियमको अधीन हुन्छ ।
२३. कुनै पनि वस्तु स्थाई या सनातन छैन। प्रत्येक वस्तु परिवर्तनशील हुन्छ। सँधै वस्तुहरुमा हुने क्रम चलिरहन्छ ।
२४. युद्ध यदि सत्य तथा न्यायको लागि नभए, त त्यो अनुचित छ ।
२५. पराजित प्रति विजेताको कर्तव्य हुन्छ ।
भवतु सब्ब मङ्गलम् ।
0 comments:
Post a Comment