नेपाल अपांग आश्रममा नयाँ युवा नयाँ सोच नेपाल द्वारा सहयोग
बुटवल, साउन २८ । नयाँ युवा, नयाँ सोच नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा
नेपाल अपाङ्ग आश्रममा खाद्यान्न , लत्ताकपडा तथा शैक्षिक सामाग्री बितरण साथै
बालबालिकासँग मनोरञ्जनात्मक कार्यक्रम समापन गरेको छ । संस्थाले बुटवल देविनगर
स्थित आश्रममा आश्रित ३० जनालाई बुधबार सहयोग कार्यक्रम गरेको थियो । तीमध्ये करिब
१८ जना युवा युवती, ६ जना बृदा ६ जना बालबालिका छन् र समाजका अध्यक्ष दोल ब.
रामदामले सामाजिक उत्तरदायित्व स्वरुप समाजले आश्रममा सहयोग गरेको जानकारी दिए ।
संस्थाका अध्यक्ष सन्दिप पौडेल क्षेत्रीको अध्यक्षता गरिएको सहयोग कार्यक्रम नेपाल
अनाथ आश्रममा संस्थाका केही सदस्यहरुको उपस्थितिमा ७५ केजी चामल, ५ केजी दाल, ८
बोरा कपडा, ३ दर्जन कापी, ३ दर्जन सिसाकलम गरि केही समय मनोरञ्जन गरि कार्यक्रम
गरेको संस्थाका सचीव विद्या भट्टराईले जानकारी दिनु भयाे । “हामीले सहयोगको निम्ति
पहिला संस्थाको सम्पूर्ण सदस्यहरुलाइ चार टोलिमा बिभाजन गरि समाजमा गएर सहयोगको
अपिल गरिएको र समाजले पनि हाम्रो सोचाइ जस्तै सहयोग गरेको जानकारी दिए । हामीलाई
सहयोग गर्नु भएको सम्पूर्ण सहयोगी मनहरुलाइ सम्पूर्ण संस्थाको तर्फबाट र आफ्नो
तर्फबाट पनि धेरै धेरै धन्यवाद प्रकट गर्दछु” संस्थाका अध्यक्षले बताए। साथै यस
कार्यक्रमलाई सफल पार्नको निम्ति हाम्रो सम्पूर्ण संस्थाको सदस्यहरुले धेरै सहयोग
गरेपछी हामिले उक्त कार्यक्रम सम्पन्न गरेको र अब कुनै पनि अनाथ अपांग व्यक्ति भोक
र शिक्षा बाट बन्चित हुन नपर्ने दाबी गरे ।
0 comments:
Post a Comment