उपप्रध्यापक पन्त भन्नुहुन्छ "यो पढ्ने पढाउने हैन बच्ने बचाउने समय हो"

 

अभिनन्दन बस्नेत

२०७७/०४/२७

विश्वभर कोरोनाको महामारी फैलिएको कारण नेपालमा समेत चैत ११ देखि नेपाल सरकारले लकडाउन सुरु गर्यो। अहिले सम्म ५ महिना पुग्दा सम्म पनि नेपालमा कोरोनाको अबस्था उस्तै देखिन्छ। जताततै कोरोनाको कहर , त्यो भन्दा पनि भोक र प्यासको छट्पटी अझै देखिन्छ । यस्तो समय र अबस्थालाई   कतिपले सदुपयोग गरेको पनि देख्न पाइन्छ। यस्तै आज हामी एकजना अधिबक्ता सुजन पन्तको बिचार र सदुपयोगलाई यहाँहरु सामु राख्दै छौ।

अधिबक्त्ता सुजन पन्तले लकडाउन सुरु भए देखि नै आफ्नो फेसबुक लाइभबाट विभिन्न विषयमा आफ्नो धाराणा राख्दै आएको देख्न पाइन्छ।  उहाँले बोलेका हरेक शब्दबाट केही न केही नयाँ कुरा सिक्न र आफ्नो ज्ञान बढाउन सकिन्छ। लकडाउनलाई सदुपयोग गरि  हरेक समसमायिक  बिषयमा अधिबक्ता सुजन पन्तले बोलेको देख्न र सुन्न पाइन्छ। नेपालमा तेस्राे लिङ्गीका समस्या र योन व्यावसाय बारे खुलेर बोल्न सक्ने अधिबक्ता सुजन पन्तलाई सबैले सम्मान र त्यो आट प्रती गौरब गर्नैपर्छ।

सुजन पन्त अधिबक्त्ता मात्र नभई मध्यपश्चिमाण्चल बिश्वबिद्धालय कानुन संकायको उप-प्राध्यापक समेत हुनुहुन्छ। उहाँको शिक्षण पेशामा समेत उत्तिकै लगन र मिहिनेत देख्न सकिन्छ। उहाँ काठमाडौमा हुर्केको र पढेको भएतापनि कर्णाली जस्तो दुर्गम प्रदेशलाई सुगममा परिणत गर्न तप्त्तर लागीपर्दै आउनु भएको छ।

केही समय अघि पन्तले सामाजिक संजाल मा भौतिक रुपमा परिक्षा लिन अहिले ठिक नभएको भन्दै लेखेको स्टाटसमा धेरैले समर्थन समेत जनाएका थिए। उहाँ आफै बिश्वबिद्धालयको उप-प्राध्यापक भएता पनि यसो भन्नुहुन्छ," यो बेला कुनै पनि बिश्वबिद्धालयले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराई परिक्षा गर्न खोज्नु हुदैन । परिक्षाले दबाब सृजना गर्छ । कोरोनाको सन्त्रासमा रहेका देशका भबिस्यमाथी परिक्षाको नाममा थप दबाब दिनु हुन्न। यो पढ्ने पढाउने समय नभै बच्ने बचाउने समय हो"।पन्त हामी सबै युवाको लागी आदर्श र प्रेरणाको श्रोत हुन् भन्नेमा कुनै शंका छैन।

Share this:

0 comments:

Post a Comment